site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुख घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल जारी छ । बुधबार सिंहदरबारमा सभामुख घिमिरे र संसदीय समितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल भइरहेको हो ।

बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ । भदौ ११ गते प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापतिहरु सर्वसम्मत रुपमा चयन भएका थिए ।

Argakhachi Cement Island Ad

जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह छन् ।

त्यस्तै, अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा कांग्रेसकै रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिमा नेकपा (माओवादी केन्द्र)की विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् ।

सभापतिसँग सभामुखको छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भने उपस्थित छैनन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्