site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री–राप्रपाबीच कोसी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ : सांसद दाहाल
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच कोसी प्रदेश सरकारका विषयमा भद्र सहमति भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोसी सरकारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री र अध्यक्ष लिङदेनबीच भद्र सहमति भएको जिकिर गरे ।

सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति पद राप्रपालाई दिइएको उनले बताए । कोसी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको भन्दै उनले त्यस्तो नहोस् भन्ने राप्रपाको समेत चाहनाका कारण सहमति सम्भव भएको उल्लेख गरे । राप्रपाले कोसी सरकार निर्माणमा सघाउने उनले बताए ।

“कोसी प्रदेशमा विकल्प भनेको निर्वाचन हो । मध्यावधि निर्वाचनमा जानको निम्ति अर्थतन्त्रको हिसाबले अर्बौँ खर्च हुने, यो अहिले हाम्रो मुलुकले निर्वाचन धान्न नसक्ने अवस्था भइसकेपछि कोसी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न र वैधानिक ढंगले सरकार निर्माण गर्नको निम्ति हामीलाई राप्रपाको साथ चाहिन्थ्यो । राप्रपा पनि कोसी प्रदेशमा कमसेकम मध्यावधि निर्वाचनभन्दा पनि अहिलेको जुन समस्या छ, त्यो समस्या हल गर्न उहाँहरू सहमत भइसकेपछि मुख्यतः माओवादीको भागमा परेको एउटा संसदीय समिति राप्रपालाई दिएको हो,” उनले भने, “प्रधानमन्त्रीज्यूसँग भद्र सहमति भएको छ, संघीय संसद्मा पनि उहाँहरूको भूमिका प्रभावकारी हुने । संसदीय भूमिकालाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोगी भूमिका हुने र कोसी प्रदेशमा सरकार निर्माणमा उहाँहरूले सहयोग गर्ने भद्र सहमतिअनुरूप नै हामीले संसदीय समिति दिएका छौँ ।”

उनले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवासीय भवन आवश्यक नभएको पनि बताए । विगतको सरकारले कमिसनका लागि अनावश्यक भौतिक संरचना बनाएको आरोप उनले लगाए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro