site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गंगामायालाई भेट्न कहिले जानुहुन्छ ?’ प्रधानमन्त्री भन्छन्– उपचारका लागि ३७ लाख दिइसकेका छौँ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिइरहेका छन् ।

सोही क्रममा सांसद एकनाथ ढकालले ‘छोराको न्यायाका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका गंगामाया अधिकारीलाई भेट्न अस्पताल कहिले जानुहुन्छ ? गंगामायाको माग कहिले र कसरी सम्बोधन गर्नुहुन्छ ?’ भन्दै सोधे ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको बाँकी रहेका काम पूरा गर्न आयोग बनाइएको र यससम्बन्धी विधेयक सदनमा रहेको उल्लेख गरे । त्यो विधेयक पारित भए समस्या समाधान हुने उनको भनाइ छ ।

उनले गंगामायाले पनि प्रचलित कानुनानुसार न्याय पाउने बताए । “संघीय सदनमा दर्ता भएको विधेयक पारित भएसँगै मुद्दा सम्बोधन हुन्छ । प्रचलित कानुनको अधीनमा रहेको नेपाल सरकार र यसका संयन्त्रले गंगगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण प्रदान गरिरहेको छ । अस्पतालको विवरणानुसार निजको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “उहाँको उपचारका लागि ३७ लाख ४७ हजार उपलब्ध गराएको जानकारी गराउँछु ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro