site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गैंडा शिकारीकहाँ प्रहरी जब ४० लाख बोकेर पुग्यो...
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवलपरासी सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका–२ सीतापुरको नारायणी नदी किनारमा दुईवटा गैंडा मृत फेला परे । १४ वर्षको माउ गैंडा भेटिएको केही मिटरको दुरीमै चार वर्षको केटो गैंडा पनि उस्तै लडेको अवस्थामा फेला परेको थियो ।

घटना ६ माघ २०७९ को हो । त्यसरी मारिएका गैंडाहरुमध्ये एउटाको खाग झिकिएको थियो । घटनाको प्रकृतिले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीलाई गैंडाको तस्करी गर्ने समूहले मारेको हुनसक्ने अनुमान लगाउन गाह्रो थिएन ।

निकुञ्जका कर्मचारीले गैंडा मार्न तस्कर समूहले बिजुलीको नाङ्गो तारमार्फत् करेन्ट लगाएको तथ्य पत्ता लगायो ।  तर, कसले गैंडा मार्‍यो ? त्यसको केही भेउ भने पाउन सकेन । निकुञ्जले प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई गुहार्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

सीआईबीको वन्यजन्तु चोरी सिकारी हेर्ने टोली नवलपरासी र चितवन गएर अनुुसन्धान थाल्यो । सीआईबीको टोली पाँच महिनाको प्रयासपछि भने गैंडा तस्करसम्म पुग्न सफल भयो त्यो पनि व्यापारी बनेर ।  गैंडाको तस्करी खोज्न हिँडेको सीआईबीले विभिन्न व्यक्तिमार्फत् आफूहरु गैंडाको खाग खोज्न हिँडेको र कतै भेटिए सम्पर्क गराउन भन्दै चितवन र नवलपरासीको गाउँगाउँसम्म पुगेका थिए ।

अझ गैंडाको तस्करीमा यसअघि पक्राउ परेका समूहबाट नै दुईवटा गैंडा मारिएको आशंका सीआईबीको टोलीको थियो ।  त्यसैले यसअघि पक्राउ परेर छुटेका समूहको खोजीमा उनीहरु जुटे ।

Global Ime bank

सीआईबीले यसअघिनै गैंडा तस्करी अरोपमा पक्राउ परेर दुई वर्ष जेल सजाय भोगेर छुटेका नवलपरासी सुस्ता पश्चिम रामग्राम–१८ का शिखाराम थारुसँग भेट भयो ।

सीआईबीको टोलीले शिखारामसँग पनि आफूहरु गैंडाको खाग व्यापारी नै भनेर परिचय दिए ।  शिखारामलाई उनीहरु व्यापारी नै हुन् भन्नेमात्रै लागेन खाग भेटिए जानकारी गराउने भन्दै आशवासनसमेत दिए । सीआईबीको टोली भेटेको एक हप्तामै शिखारामले जेठ महिलो हप्ता सीआईबीको टोली मध्येका एकजनालाई फोन गरेर भने,“एउटा खाग भेटिएको छ । ४० लाख भन्छ ।” 

थारुले आफ्नै आफन्त पर्ने रामग्राम नगरपालिकाकै कृष्णबहादुर महतोसँग खाग रहेको बताएका थिए । सीआईबीको टोलीले भने ४० लाख रुपैयाँ महंगो भएको भन्दै बार्गेनिङ गर्‍यो । 

तर, खाग हेर्न भने उनीहरु नवलपरासी नै पुगे । त्यो बेला खागसहित थारुमात्रै भेटिए ।  प्रहरीलाई तस्करी गर्ने मूख्य नाइकेसम्म नै पुग्नु थियो । त्यो दिन सीआईबीको टोली पैसामा कुरा नमिलेको भन्दै त्यसै फर्कियो । १२ जेठ २०८० मा भने सीआईबीको टोली ४० लाख रुपैयाँ क्यास बोकेर फेरि थारुलाई भेट्न नवलपरासी पुग्यो । त्यो दिन थारुको घरमा खाग थिएन ।

खाग तस्करका मुख्य नाइके कृष्णबहादुर महतोकै घरमा थियो ।  थारुले गैंडाका व्यापारी ‘क्यास’ बोकेर आफ्नो घरमा पुगेको भन्दै खाग ल्याउन महतोलाई फोन गरे ।  खागसहित होमबहादुर विक र महतो केही समयमै थारुको घरमा पुगे । त्यहीबेला उनीहरुलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा कृष्णबहादुर महतो, होमबहादुर बिकसहित चारजनाको समूहले करेन्ट लगाएर गैँडा मारेको खुलेको हो । थारुमाथि भने किनबेच अभियोगमा संलग्न रहेको मुद्दा चलाइएको छ । त्यो दिन सीआईबीले महतो, बिक र थारुलाई पक्राउ गरेको थियो । 

तर उक्त गैंडा तस्करीमा संलग्न दुईजना भने अझै फरार छन् । प्रहरीसँगको बयानमा महतोले खाग बिक्री हुँदा मोटो रकम आर्जन हुने लोभमा परेर लामो समयको रेकिपछि माउ गैंडा हिँड्ने बाटोमा विद्युतीय करेन्ट बिछ्याएर मार्न सफल भएको बयान दिएका थिए । हाल उनीहरुलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।

सीमसारमा डुबेर मर्नेको संख्या धेरै 

माथिको घटना एक उदाहरण मात्रैको हो ।  गैंडाको मृत्यु बर्सेनी विभिन्न कारणले हुने गरेको छ ।  राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार नेपालमा दुर्लभ एक सिङ्ंगे गैंडाको संख्या ७५२ छ । त्यसमध्ये करिब ६९४ गैंडाको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो । चितवन राष्ट्रिय निकुञ्जको अभिलेखले गैंडाको विभिन्न कारणले मृत्यु भइरहेको देखाउँछ ।

निकुञ्जको तथ्यांक अनुसार २०७८ मा मात्रै ३७ गैंडा मृत भेटिएका थिए ।  मृत गैंडामध्ये पाँचवटा बाघको आक्रमणबाट मारिएका थिए । त्यस्तै सबैभन्दा बढी १० वटा गैंडा सिमसार क्षेत्रमा डुबेर मृत्यु भएको तथ्यांकले देखाएको छ । 

निकुञ्ज भित्रको सीमसार क्षेत्रमा गैंडा हिँड्दा डुबेर मर्न थालेपछि गैंडा जोगाउने चुनौती बढेको छ । २०७९ मा पनि विभिन्न कारणले २२ वटा गैंडाको मृत्यु भएको छ । यो वर्ष चोरी शिकारीबाट भने एउटा गैंडाको मात्रै मृत्यु भएको देखिन्छ । 

गैंडा एक आपसमा जुध्दा पनि ज्यान जाने गरेको निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

पुर्जा भन्छन्, “प्राकृतिक रुपमा मर्ने गैंडाको सख्या बढी छ । चोरी शिकारी नियन्त्रणमा हामी चौबीसै घण्टा लागेका हुन्छौं । नौ महिनाअघि मात्रै एउटा गैंडा तस्करसमूहले मारेको थियो । त्यसयता तस्कर समूहले गैंडाको शिकार गरेका छैनन् ।”

गैंडा तस्करहरुको समूहले विद्युतीय तार, खाल्डोमा पारि तथा गोली हानेर गैंडाको शिकार गर्ने गरेका छन् ।  पछिल्लो समय गैंडाको चोरी शिकारी घटेको निकुञ्जको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement