राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेको स्विडेनको सांसदहरूको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटवार्ता सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो ।
स्विडेनको सांसदहरूको टोलीमा मारिया स्टकहाउस, अलेक्जान्ड्रा एन्स्ट्रेल र एन–सोफी लिफभेनहेज रहेका थिए ।
भेटवार्तामा नेपाल र स्विडेनबीचको द्विपक्षीय तथा बहुपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १८:४१
प्रतिक्रिया दिनुहोस्