विदेश
काठमाडौं । अमेरिकको माउईस्थित हवाई टापुमा लागेको डढेलोले पर्यटन उद्योगमा असर परेको छ । डढेलोका कारण पर्यटकको संख्यामा गिरावट आएको हो ।
यही अगस्ट ८ मा सुरु भएको डढेलो एक शताब्दीयताकै ठूलो प्राकृतिक प्रकोप हो । यसबाट कम्तीमा ११५ जनाको मृत्यु भएको बताइएको छ ।
डढेलोले माउईको लोकप्रिय पर्यटकीयस्थल र कुनै समय हवाई राज्यको राजधानी रहेको ऐतिहासिक सहर लाहाइनाको धेरै भाग जलेको थियो । हवाईका अधिकारीले पर्यटकलाई माउईको यात्रा नगर्न आग्रह गरेका छन् ।
डढेलो लाग्नुभन्दा पहिला दैनिक ६ हजारदेखि सात हजार ५०० मानिस उक्त टापुमा जाने गरे पनि अहिले पर्यटकको भ्रमण कम हुँदै गएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १४:३६
प्रतिक्रिया दिनुहोस्