site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठूलो झरी नपर्ने, तीन दिन यस्तो हुनेछ मौसम
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभर वर्षा हुने क्रम शनिबार (आज) रातिपछि कम हुने पूर्वानुमान छ । हिजोआजका तुलनामा भोलि र पर्सि कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबका तीन दिन ठूलो झरी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । तर, मनसुनको यो समयमा पानी नै नपर्ने भन्ने नहुने उनले बताए ।

“मनसुनको समयमा पानी नै नपर्ने भन्ने त हुँदैन, तर आजभन्दा भोलि कम, भोलिभन्दा पर्सि कम वर्षा हुने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “हिजोआजजस्तो भारी वर्षा हुँदैन । आज राति भने केही स्थानमा भारी वर्षाको सम्भावना छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार अबका दुई/तीन दिन भारी वर्षाको सम्भावना छैन । देशव्यापी रूपमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । यो अवधिमा देशका एक/दुई स्थानमा भने भारी वर्षा हुन सक्ने उनको भनाइ छ ।

“भारी वर्षा देशव्यापी हुने स्थिति छैन । समग्रमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ,” उनले भने ।

Global Ime bank

शनिबार देशका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । सुनसरीको धरानमा शनिबार बेलुका भारी वर्षा मापन गरिएको उनले बताए ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तर (नेपालतर्फ)मा अवस्थित छ । नेपालमा बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । सोही कारण यहाँ निरन्तर पानी परेको हो ।

महाशाखाका अनुसार शनिबार राति कोसी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसीका केही र मधेस, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार (भोलि) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस वाग्मती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार (पर्सि) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय