site stats
बाह्रखरी :: Baahrakhari
देश
धरानमा भारी वर्षा
काठमाडौंको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । सुनसरीको धरानमा शनिबार बेलुका भारी वर्षा मापन गरिएको छ । पछिल्लो एक घण्टामा धरानमा भारी वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धरानमा पछिल्लो एक घण्टामा २५ मिलिमिटर पानी परेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पछिल्लो एक घण्टामा धरानमा भारी वर्षा भएको छ । २५ मिलिमिटर पानी परेको छ, त्यो भनेको एक घण्टाका लागि भारी वर्षा हो,” उनले बाह्रखरीसित भने, “२४ घण्टाका लागि भने यति वर्षा हल्कादेखि मध्यम हो ।”

पछिल्लो एक घण्टामा भैरहवालगायत केही स्थानमा पनि ‘ठूलो’ पानी परेको उनले बताए । मनसुनको यो समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्