site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ग्रीसमा तीन नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना पक्राउ

काठमाडौं । ग्रीसमा तीन नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चारजना पक्राउ परेका छन् । 

मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीय सवित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका–३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१, मथुरापाटी बस्ने राजन सत्याललाई अपहरण गरी फिरौती रकम लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । 

सीआईबीका अनुसार गत जेठ १२ गते उनीहरू एक साथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए ।

Dabur Nepal
NIC Asia

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुनः लुकीछिपी ग्रीस प्रवेश गर्न लागेका थिए । 

त्यही क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा निजको सहयोगी समेतले उनीहरूलाई अपहरण गरिएको आरोप छ ।  

डोरीले बाँधी यातना र मार्ने धम्कीसमेत पीडितहरूका नेपालमा रहेका परिवारले दिएको जाहेरीमा उल्लेख छ । 

ग्रीस तथा दुबईबाट ह्वाट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम समेत लिएको सीआईबीले जनाएको छ ।

ब्युरोका अनुसार नेपालमा फिरौती रकम लिने कार्यमा संलग्न धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतका ४२ वर्षका दिलबहादुर थापालाई पक्राउ गरिएको हो ।

ब्युरोको टोलीले  काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट फिरौती रकमसहित पक्राउ गरेको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro