site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
जर्मन लक्जरी कार अउडी नेपाल भित्रियो, मूल्य एक करोड ४५ लाख

काठमाडौं । जर्मन लक्जरी (विलासी) कार अउडी आधिकारिक रूपमा नेपाल भित्रिएको छ । काइरोस इन्टरनेसनल काठमाडौंले अउडीका विद्युतीय कार आधिकारिक विक्रेताको रूपमा नेपाल भित्र्याएको हो ।

पहिलो पटक अउडीको ‘क्यू फोर ३५ ई–ट्रोन’का दुई भेरियन्ट नेपाल भित्रिएका छन् । यो विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ भने, मोटरको पिकपावर १२५ किलोवाट छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोटिर रेन्ज दिने कम्पनीले जनाएको छ । अउडीको ई–ट्रोन सेगमेन्टले विश्वका विभिन्न देशमा बजार विस्तार गरेको छ ।

जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको बताएको छ ।

सुरुमा दुई मोडल भित्र्याएर उच्च स्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालेको काइरोसले चाँडै अन्य मोडल पनि उपलब्ध हुने जनाएको छ ।

काइरोसले ल्याएको अउडी ‘क्यू फोर ३५ ई–ट्रोन’को मूल्य एक करोड ४५ लाख रुपैयाँ तोकिएको छ । यस्तै अउडी ’क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याक’ भेरियन्टको मूल्य भने एक करोड ५० लाख रुपैयाँमा तोकिएको छ।

specification-photo-inside1692959203.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्