site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी हत्या घटना : आमाछोरा पुर्पक्षका लागि जेल चलान
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

गलकोट (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटेल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कुँवरको होटेलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल गत साउन ८ गते राति होटेलमै मृत फेला परेका थिए । होटेलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले  होटेल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एन्ड खाजाघरमा गएको र होटेलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमाछोराले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । विवादका क्रममा आमाछोरा मिलेर पौडेललाई गम्भीर तरिकाले कुटपिट गरी सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको उनले बताए ।

Global Ime bank

पौडेलले घाँटीमा लगाएको सुनको सिक्रीसमेत लुटेर लुकाएको अनुसन्धानबाट खुल्न आएको छ । पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटेलको भान्छामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय