site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाको भिसाबारे समीक्षाको स्पष्टीकरण– आश्चर्यचकित भएकी छु

काठमाडौं । गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाको भिसाबारे स्पष्टीकरण दिएकी छन् । सामाजिक सञ्जालसहित सञ्चार माध्यममा विभिन्न दाबीसहितका समाचार आएपछि समीक्षाले भिसाबारे बोलेकी हुन् । 

उनले आफ्नो भिसाबारे कुनै निर्णय नआएको बताएकी छन् । बरु आफूबारे अनावश्यक हल्ला गरिएको भन्दै उनले आपत्ति जनाएकी छन् । 

Dabur Nepal
NIC Asia

सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा समीक्षालाई अस्ट्रेलिया सरकारले भिसा दिन अस्वीकार गरेको चर्चा भइरहेको छ । 

तर, समीक्षाले भिसाका लागि अहिले आफूले थप कागजात पठाएको बताएकी छन् । उनले आफू १८ वर्ष पुगिसकेकले 'गार्जियन' आवेदन दिएको विषय पनि भ्रामक रहेको बताएकी छन् ।

"अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाइसकेकी छु, भएको यति हो," समीक्षाले फेसबुकमा भनेकी छन् । 

उनले आफूबारे आएका समाचारहरू हेरेर आफैँ आश्चर्यमा परेको समेत बताएकी छन् । 

"आज यतिमात्र भन्न चाहेँ कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुटो हो I मलाई अहिले तिज कार्यक्रमको लागी दिदी बहिनी इभेन्टले बोलाएको हो," समीक्षाको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro