site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वार्थ समूह हाबी हुँदा कानुन बनाउन समस्या भयो : सञ्चारमन्त्री शर्मा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूह हाबी हुँदा कानुन बनाउन समस्या भएको बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानुन निर्माणमा समस्या भएको बताइन् । उनले साइबर ऐन तथा सूचनासम्बन्धी विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुंगो लाग्न नसकेको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयमा कुनै एउटा विषयमा कानुन बनाउन छलफल सुरु हुनेबित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानुनको अपव्याख्या सुरु गरेको उनले बताइन् । कानुनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै उनले मन्त्रालयमा बसेर कानुन बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गरिन् ।

सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जालसम्बन्धी ऐन पनि समेटिएकाले उक्त कानुनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने रुपमा बाहिर हल्ला गरिएको उनले बताइन् । उक्त कानुन बनाउन स्वार्थ समूहको कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको मन्त्री शर्माले बताइन् ।

Global Ime bank

“सूचनासम्बन्धी विधेयकमा सामाजिक सञ्जालसम्बन्धी ऐन समेटिएको रहेछ । त्यो कानुनको विषयमा मन्त्रालयले छलफल मात्रै के गरेको थियो, सबैको फोन ट्यापिङ भइसक्यो भन्ने ढङ्गले बाहिर छलफल भयो,” उनले भनिन्, “त्यसलाई कानुन बनाउन नसकेर थन्क्याएका छौँ । फेरि एकपटक स्टेकहोल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउनु पर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement