site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा करोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतिताला एक हजार ४२५ रुपैयाँमा करोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro