site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा
फाइल तस्बिर ।

दमौली । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देखण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे ८ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।

विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडकछेउका भित्ता काट्ने काम गरेकाले वर्षासँगै पहिरो झर्ने गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro