site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘जनगायक’को उपाधि पाउने जेबी टुहुरे को हुन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वर्गीय गायक जेबी टुहुरेलाई सरकारले ‘जनगायक’को उपाधि दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेबीलाई जनगायकको उपाधि दिने निर्णय गरेको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा सरकारबाट राम्रो कामको सुरुआत भएको बताउँछिन् ।

“राम्रो कामको सुरुआत हुन आवश्यक थियो । कसै न कसैले यो काम सुरु गर्नुपर्ने थियो,” कुलपति शर्मा भन्छिन्, “यो राष्ट्रका लागि योगदान दिने व्यक्तिको मूल्यांकन पनि हो । यसलाई निरन्तरता दिनुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जेबी टुहुरेको जीवन खुला पुस्तकजस्तै रहेको भन्दै आफ्नो जीवनकालमा राज्यका लागि उनले गरेको योगदानको कदर सरकारले गरेको बताइन् ।

“जेबी टुहुरेको विषयमा सबैलाई थाहा छ । हामी आजको दिनमा आइपुग्नुमा उहाँको योगदान कति छ, धेरैलाई थाहा छ,” उनी भन्छिन्, “त्यसैले हामीले यो उपाधिका लागि उहाँलाई सिफारिस गरेका हौँ ।”

Global Ime bank

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन ३१ गते सिफारिस गरेको थियो । यद्यपि, मन्त्रालयले पहिलादेखि नै सिफारिसका लागि तयारी गरेको थियो ।

दुई/तीन वर्ष अगाडिदेखि जनवादी गायकको उपाधिका लागि टुहुरेको नाम सिफारिस गर्नेबारेमा छलफल चलिरहेको उनी बताउँछिन् ।

देशका लागि योगदान दिनेलाई सम्मान र नयाँ पुस्ताका लागि हौसला भएकाले उचित मूल्यांकन गरेर यस्तो सम्मान दिन आवश्यक रहेको उनको धारणा छ । तर, यसमा राजनीति र पहुँचको प्रभाव भने पर्न नहुनेमा उनको जोड छ ।

“जीवनभर राज्यका लागि होमिने व्यक्तिको उचित मूल्यांकन हुन आवश्यक छ । तर, यो होइन दुईवटा गीत गाउने, संगीत गर्ने वा लेख्नेले पनि यो पाउनु पर्छ,” कुलपति निशा भन्छिन्, “पहुँच र प्रभावका आधारमा हाम्रोमा केही दिने र लिने प्रवृत्ति छ । पहुँच हुनेले क्षमता नभए पनि पाउने । तर, राज्यको उपल्लो तहमा पहुँच छैन भने केही पनि नपाउने अवस्था छ । आजबाट सुरु भएको राम्रो काम भने यसबाट बच्नुपर्छ ।”

उनी थप्छिन्, “हरेक कुराका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, यो सकारात्मक पक्ष हो । यसलाई अगाडि बढाउनु पर्छ ।”

जनताले दिएको उपाधि सरकारले अनुमोदन गरेको संगीतकार शम्भुजित बास्कोटा बताउँछन् । उचित मूल्यांकन गरेर यसलाई निरन्तरता दिए कलाकारलाई सम्मान हुने र यसले हौसला पनि थप्ने उनी बताउँछन् ।

“जेबी टुहुरेलाई जनताले लामो समयदेखि जनवादी गायकको उपाधि दिएकै हो । त्यही कुरालाई सरकारले अनुमोदन गरेजस्तो लाग्छ,” उनी अगाडि थप्छन्, “जनताले रुचाएका र आफ्नो जीवनकालमा योगदान दिएका कलाकारलाई सम्मान गर्नु यो राम्रो सुरुआत हो ।”

सरकारले कलाकारलाई यसरी उपाधि दिएको यो नै पहिलोपटक हो । कवि तथा साहित्यकार माधवप्रसाद घिमिरेलाई तत्कालीन शाही सरकारले राष्ट्रकविको उपाधि दिएको थियो । तर, गायक तथा संगीतकारलाई भने यस्तो उपाधि दिएको छैन ।

सञ्चारमाध्यम, संगीतकर्मी तथा आमजनले नारायणगोपाललाई ‘स्वर सम्राट’, नातीकाजीलाई ‘संगीत महर्षि र मेलोडी किङ’, धर्मराज थापालाई ‘जनकवि केसरी’, नरराज ढकाललाई ‘संगीत प्रवीण’, तारादेवीलाई ‘स्वर किन्नरी’, प्रेमध्वज प्रधानलाई ‘गोल्डेन भ्वाइस’, भक्तराज आचार्यलाई ‘भजन शीरोमणि’, शम्भुजित बास्कोटालाई ‘संगीत रत्न’, अरुणा लामालाई ‘स्वर साम्राज्ञी’, कुमार बस्नेतलाई ‘लोक सम्राट’ भनेर भन्ने गरेका छन् । जीवन शर्मा र गायकद्वय रामेश र रायनलाई पनि धेरैले जनवादी गायक भन्छन् । तर, यी राज्यका कुनै निकायले दिएको उपाधि भने होइनन् ।

को हुन् जेबी टुहुरे ?

जेबी टुहुरेको नाम जुठबहादुर खड्गी हो । उनी सुनसरीको धरानमा २००१ कात्तिक १५ गते जन्मिएका थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे लेख्न थालेका हुन् ।

टुहुरे २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका थिए । २०२४ सालदेखि उनले जनताका गीत गाउन थालेको उनका समकालीनहरू बताउँछन् ।

‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई...’ उनको सबैभन्दा लोकप्रिय गीत हो । ‘बसाइँ हिँड्नेको ताँतीले...’ पनि उनको लोकप्रिय गीत हो । उनले १५० भन्दा बढी गीत गाएका छन् ।

उनको यो गीत कम्युनिष्ट विचारधारा राख्नेहरूले औधी मन पराएको गीत हो । उनी जनवादी गीत गाउने मात्रै होइन, विभिन्न राजनीतिक दलसँग पनि आवद्ध थिए ।

तत्कालीन माले, एमाले हुँदै पछिल्लो समय जेबी माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट संविधानसभा सदस्यसमेत बनेका उनी जनसांस्कृतिक महासंघको अध्यक्ष र संरक्षक पनि थिए । उनी माओवादीका सल्लाहकारसमेत थिए ।

टुहुरेको २०७८ भदौ १० मा निधन भएको थियो । उनको निधनपछि नेकपा (माओवादी केन्द्र)ले पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि उनको शव राखेको थियो ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउन्डेसन समेत स्थापना गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement