site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा नियन्त्रणमा आएन आँखा पाक्ने समस्या, संक्रमितबाट कति दिनसम्म अरुमा सर्छ ?

काठमाडौं । जुलाइयता प्रकोपको रूपमा फैलिइरहेको आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले देखाएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा पछिल्लो साता दैनिक सरदर १५० जना कन्जन्टीभाइटीस् संक्रमित आइरहेको तथ्यांक छ । प्रतिष्ठानमा अघिल्लो साता अगष्ट ११ देखि १५ सम्म पाँचदिनमा ८३० जना संक्रमित बिरामी थपिएका थिए ।

कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा दैनिक आउनेमध्ये ३० देखि ३५ प्रतिशतमा भाइरल कन्जन्टीभाइटीस् देखिइरहेको छ ।

संक्रमण केही मत्थर भएजस्तो देखिए पनि उल्लेखनीय रूपमा नघटेको अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य बताउँछन् ।

यो दर अघिल्लो साता ५० प्रतिशतभन्दा माथि थियो । तर, अहिले पनि विद्यालय उमेरका बालबालिका, युवा तथा एकै परिवारका धेरैजना सदस्य संक्रमित भएका केसहरू देखिइरहेको डा. वैद्यले बताए ।

बिरामीले कति दिनसम्म सार्छ अरुलाई संक्रमण ?
अहिले देखिएको भाइरल कन्जन्टीभाइटीस् बर्खायाममा मात्रै नभइ सबै सिजनमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । प्रकोपकै रूपमा भने सन् २००३ यता योवर्ष मात्रै देखिएको हो ।

डा. वैद्यका अनुसार सामान्यत: भाइरल कन्जन्टीभाइटीस् संक्रमितबाट पाँचदिनसम्म अरुलाई सर्ने जोखिम रहन्छ । औषधि सुरु गरेको भएपनि पाँचदिनसम्म संक्रमितबाट अरुमा सर्ने सम्भावना रहने उनको भनाइ छ ।

यदि संक्रमण आँखाको नानीसम्म नपुगेको भए सातदिनसम्ममा निको हुने बाल आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठ बताउँछिन् । तर, लक्षण हराए पनि दुई सातासम्म नियमित औषधि प्रयोग गर्नुपर्ने उनको भनाइ छ । कन्जन्टीभाइटीस्को शंका लागेमा जथाभावी औषधि नलगाइ विशेषज्ञकहाँ पुग्न उनको सुझाव छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro