site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उद्धव थापाको विश्वासको मतबारे कांग्रेसमै फरक मत, गल्ती दोहोरिएको हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार लिएको विश्वासको मतबारे कांग्रेसभित्रै फरक मत देखिएको छ । मंगलबार विराटनगर पुगेका कांग्रेसका शीर्ष नेताहरूले नै थापाको विश्वासको मतबारे फरकफरक धारणा राखे ।

विश्वासको मत लिने क्रममा सभाध्यक्षको मतसमेत जोडेपछि थापाले लिएको विश्वासको मतको चर्को आलोचना भइरहेको छ । विश्वासको मत प्रक्रियाविरुद्ध कोसी एमालेले फेरि सर्वोच्च अदालत जाने तयारी गरेको छ । 

तर, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले थापाले लिएको विश्वासको मत संवैधानिक भएको बताए । कांग्रेसका लागि संवाद केन्द्र ‘टक सेन्टर’ले विराटनगरमा आयोजना गरेको 'संविधान कार्यान्वयन र जनप्रतिनिधिको भूमिका कार्यक्रम'मा सिटौलाले संविधानको धारा १८८ अनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत (४७) मत पाएर थापाले विश्वासको मत पाएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सभामुख र उपसभामुख नभएको अवस्थामा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले दिएको मत संवैधानिक रहेको दाबी गरे । 

"संविधानले हरेक पार्टीको ह्विप मान्ने व्यवस्था गरेको छ । जसले ह्विप उल्लंघन गर्छ, उसलाई कारबाही हुने व्यवस्था छ । जो सभामुख हुन्छ, उसले दल त्यागको घोषणा गरेको हुन्छ । तर अहिले सभामुख छैनन् । त्यसैले अहिले भएका सबै प्रदेश सांसदहरूका लागि पार्टीले जारी गरेको ह्विप लागु हुन्छ । ह्विप जारी भएपछि भोट हाल्न बाध्य भइहाल्छ नि र त्यो पनि संवैधानिक व्यवस्था नै हो," सिटौलाले भने । 

Global Ime bank

तर, कांग्रेसका अर्का शीर्ष नेता डा. शेखर कोइरालाले भने कोसी प्रदेश सरकारले विश्वासको मत लिने क्रममा गल्ती दोहोर्‍याएको टिप्पणी गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कोइरालाले कोसीमा गल्ती दोहोरिएको बताए ।

“फेरि विवादास्पद बनेको छ । सभाध्यक्ष गर्ने सांसद नै सभामुखको हैसियतमा हुने भएकोले मत हालेको विषय फेरि अदालतले निरुपण गर्ला,” उनले भने, “अदालतले जे निर्णय गर्छ, त्यो मान्य हुने छ ।”

उनले राज्यसत्ता कमजोर हुँदा अदालत सक्रिय हुने र आएका निर्णयलाई मान्नु पर्ने तर्क गरे । यसअघि, सभामुखको हस्ताक्षरमा सरकार गठन भएको विषय पनि अदालतले सच्याइदिएको उनले बताए ।

“सत्ताको र पार्टीको राजनीति फरक फरक कुरा हुन्,” उनले भने, “राज्यसत्ता कमजोर हुँदा यसकिसिमका घटनाहरू बढ्दै जान्छन् । गलत काम भए अदालतले पुष्टि गरिदिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement