site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ लता केसीलाई समर्पित
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । लघुकथा समाज नेपालले १६औँ लघुकथा दिवस मनाउँदै २०८० सालको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ लघुकथाकार लता केसीलाई समर्पण गरेको छ । सम्मानकासाथ नगद राशि २१ हजार एक रुपैयाँ पनि प्रदान गरियो ।

मंगलबार काठमाडौंस्थित सर्वनाम नाट्य घरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज कथाकार भागीरथी श्रेष्ठले केसीलाई सम्मानित गर्दै लघुकथाको विकास र विस्तारमा लता के.सी.सक्रियताको चर्चा गरिन् । उनले लघुकथाको श्रीवृद्धिका लागि समाजले गरेको काम स्तुत्य रहेको बताइन् ।

कार्यक्रममा साहित्यकार अशेष मल्लले लघुकथाका पाठक बढाउनुपर्नेमा जोड दिए । उनले आजका बालबालिकाको पहुँचमा पुग्नेगरी स्तरीय लघुकथा लेखिनुपर्ने उल्लेख गरे ।

Agni Group

प्रा.डा.लक्ष्मणप्रसाद गौतमले लघुकथा समाजले यस वर्ष लघुकथाको प्रवद्र्धनलाई सम्मानित गरेको उल्लेख गरे ।

सम्मानित व्यक्तित्व हाम्रो लघुकथा केन्द्र र हाम्रो लघुकथा फेसबुक पेजकी अध्यक्ष केसीले समाजद्वारा प्राप्त सम्मानले आफूलाई हौसला मिलेको उल्लेख गर्दै यस क्षेत्रमा लाग्न थप जिम्मेवारी बोध भएको बताइन् ।

Global Ime bank

कार्यक्रममा सम्मानका संस्थापक एवम् समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार श्रीओम श्रेष्ठ रोदनले लघुकथालाई विधा नै नमानेको अवस्थामा बडो संघर्ष गर्दै लघुकथालाई यहाँसम्म ल्याइपुर्याएको स्मरण गरे । उनले लघुकथाको स्थायित्वका लागि अब अभियन्ताहरू लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तुलसीहरि कोइराला, श्रीबाबु कार्की, राजेश खनाल, ममता मृदुलले पनि बोलेका थिए ।

समारोहमा सर्वनामका नाट्यकर्मीहरूले राज शाहको निर्देशनमा केसीका दुई लघुकथाहरू ‘दृश्य’ र ‘विधवा’को नाट्य मञ्चन गरेका थिए ।

सोही अवसरमा लघुकथा समाज नेपाल, कोसी प्रदेश समितिले १५/१५ दिनमा सञ्चालन गर्दै आएको लघुकथा प्रतियोगितामा विजयी सर्जकहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu