राजनीति
काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । विशेष कारणले बैठक बस्न नसक्ने भन्दै सारिएको हो ।
संसद् सचिवालयले दिएको जानकारीअनुसार बैठक भोलि (बुधबार) दिउँसो ३ बजे बस्नेगरी सारिएको हो । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
प्रतिनिधिसभा बैठक साउन १० गतेबाट निरन्तर अवरोध हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १५:०५
प्रतिक्रिया दिनुहोस्