site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली क्रिकेट टिमले गर्‍यो पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । पाकिस्तानमा हुने तालिका रहेको एसिया कपअघि हाल प्रशिक्षणमा रहेको नेपाली टिम मंगलबार मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेको हो ।

अगस्ट ३० देखि सुरु हुने एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाए पनि राजनीतिक तिक्तताका कारण भारतले टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगित ‘हाइब्रिड मोडेल’मा सञ्चालन हुने सहमति बनेको छ ।

जसअनुसार प्रतियोगिताका चार खेलहरु पाकिस्तानमा र बाँकी खेलहरु भने श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल घरेलु टिम पाकिस्तान र भारतसँगै समूह ‘ए’मा छ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग खेल्ने तालिका छ । अगस्ट ३० मा हुने यो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ ।

नेपालले विश्व च्याम्पियन बनिसकेका भारत र पाकिस्तानसँग पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेल्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro