site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रोकेको सम्पत्ति छोड्न अमेरिका–इरान सहमत, दुई महिनाभित्र कैदी आदानप्रदान गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । इरान र अमेरिकाबीच कैदीबन्दी आदानप्रदान र इरानको रोक्का गरिएको सम्पत्ति फुकाउने बारेमा सहमति भएको छ । कैदीबन्दी आदानप्रदानका लागि दुई महिनाको समयसीमा तोकिएको छ ।

सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले तेहरान र वासिङ्टनबीच कैदीहरु आदानप्रदान र इरानको रोकिएको सम्पत्ति फिर्ता गर्ने सम्झौता कार्यान्वयनका लागि दुई महिनाको समय निर्धारण गरिएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौता कार्यान्वयन राम्रोसँग हुने र यो निर्धारित समयसीमाभित्र पूरा हुने आशा गरेको उनले बताए । इरानमा सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ७८औँ सत्रअघि अन्य कुनै स्थानमा संयुक्त राज्य अमेरिकासँग छलफल गर्ने योजना नरहेको उनले बताए ।

इराकलाई ग्यास र बिजुली निर्यातसँग सम्बन्धित इरानको कोषको केही भाग हस्तान्तरण गर्ने प्रक्रिया पूरा भएको र यस प्रक्रियालाई गम्भीरताका साथ अघि बढाउने पनि उनले बताए । 

Global Ime bank

अगस्टको सुरुआतमा इरान र संयुक्त राज्य अमेरिकाले तेस्रो देशको मध्यस्थतामा एक सम्झौता गरेको बताइएको थियो । जसअन्तर्गत दुई पक्षले मानवीय मुद्दाको रुपमा कैदीहरु आदानप्रदान गर्ने र अमेरिकाद्वारा विभिन्न स्थानमा अवैध रुपमा अवरुद्ध गरिएका इरानी सम्पत्तिहरु छोड्नुपर्ने सम्झौता भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय