site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज
फाइल तस्बिर

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । 

आज दिउँसो १ः४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । 

उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्