site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वदलीय बैठकमा सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।

सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । उनले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनउने कुरामा सत्ता पक्षले सहमति जनाएको र भोलिसम्म आफ्नो आजकै प्रतिबद्धता अडिए संसद् चल्ने बताए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको छ । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताए ।

उनले भने, "सहमति ड्राफ्ट गर्ने चरणमा पुग्यो, सहमति भयो । नेताहरूलाई जिम्मा दिएको छ । भोलि संसद् खुल्नेमा विश्वस्त छु ।"

सत्तारूढ दल नेपाली कांग्रेसमा प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र सबै विकल्पका बारेमा छलफल भएको बताए ।

सर्वदलीय बैठक भोलि बिहान ११ बजे फेरि बस्ने तय भएको छ । शीर्ष नेताहरूको बैठक भोलि दिउँसो २ बजे बस्ने नेताहरूले बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro