site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा सत्ता गिराउने र जोगाउने गलत खेल सुरु भयो : हिमाल कार्की

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेशका उपेनता हिमाल कार्कीले गणतन्त्र विरोधीहरू सल्वलाई रहेको अवस्थामा कोसी प्रदेशमा सत्ता जोगाउने र गिराउने खेल हुनाले लोकतन्त्रलाई खतरापूर्ण भएको बताएका छन् ।

उपनेता कार्कीले यो विश्वासको मत सर्वदलीय रूपमा हुन सके यसले सहमतिको वातावरण बन्ने बताउँदै भने, “सर्वसम्मतिका आधारमा सर्वदलीय सरकार गठन गर्न कांग्रेस तयार छ ।”

Argakhachi Cement Island Ad

सभा सञ्चालन गर्न जुन विधि अपनाइयो वा अवलम्बन गरियो यसले बाहिर राम्रो सन्देश नगएको भन्दै उपसभामुखले कार्यव्यवस्थाको बैठक डाकेर तोक लगाइ तय भएको मितिमा अनुपस्थित नहुनु दुःखद भएको बताए ।

भने, “दलीय सहमतिको आधारमा अगाडि बढ्नुको विकल्प छैन ।” उनले सबै दल मिलेर कोसी प्रदेशमा उत्पन्न परिस्थितिको निकास खोज्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्