site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा उद्धव थापालाई विश्वासको मत लिन फेरि पनि सकस !
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि विश्वासको मत लिने तय भएको छ । तर, बैठकमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सभाका ज्येष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् ।

उनीहरूले ‘घरायसी’ कारण देखाएर आफूहरू भोलिको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रदेश सभा सचिवालयलाई गराएका छन् । सभामुख र उपसभामुख अनुपस्थित भए सभा सञ्चालन गर्न सक्ने गरी गठन भएको सभाध्यक्ष मण्डलका सदस्यमध्ये एमालेकी मालती सुब्बासहित आठजनाले अनुपस्थित हुने जानकारी दिइसकेका छन् । सभाध्यक्ष मण्डलकै अर्का सदस्य राप्रपाका अमरबहादुर विष्टले पनि आफूलाई ‘केहीअघि डेंगी लागेको र अहिले घरमै आराम गरिरहेको’ भन्दै सोमबारको बैठकमा अनुपस्थित रहने बताएका छन् ।

राप्रपाले आफ्ना सबै ६ जना सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिइसकेको छ । पार्टीको केन्द्रीय समितिको तर्फबाट नै यस्तो निर्देशन आएपछि राप्रपा सांसद अनुपस्थित हुने भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री थापाले सोमबार १ बजे बस्ने बैठकमा विश्वास मत लिने कार्यसूची छ । थापाले विश्वास मतको सूचना शुक्रबार दर्ता गराउँदै आइतबारलाई समय मागेका थिए ।

कोसी प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार एमालेका रोहितबहादुर कार्की (वर्ष ७१), मालतीकुमारी लिम्बू (वर्ष ६७), रामप्रसाद महतो (वर्ष ६७), खड्गबहादुर बस्नेत (वर्ष ६७), तारादेवी ढकाल (वर्ष ६६), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) छन् । 

Global Ime bank

विश्वासको मत लिने समय तोकिएपछि काठमाडौमा एमाले अध्यक्ष केपी ओलीसँग परामर्श लिन एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की काठमाडौ पुगेका थिए । उनी आइतबार दिउँसो प्रदेश राजधानी विराटनगर फर्किएका छन् । कार्की फर्किएसँगै एमालेका सांसदले अनुपस्थित हुने जानकारी लिखितरूपमै प्रदेश सभालाई गराएका हुन् । 

उपसभामुख अनुपस्थित भए अब गठबन्धनकै ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्दा गठबन्धनका थापाले विश्वासको मत लिन कठिन हुने छ । यस्तो अवस्थामा उनले ४६ मत प्राप्त गर्ने छन् । सभाध्यक्षले मत हाले त्यो विषयमा फेरि विवाद भई अदालत जान सक्ने अवस्था छ । उपसभामुखले राजीनामा नदिने बताइँदै आएको भए पनि त्यो सम्भावना बढेर गएको गठबन्धनका एक सांसदले बताए ।

विश्वास मत लिन सक्ने अवस्था नभए गठबन्धनले बैठक स्थगित गरी फेरि अर्को दिनलाई समय लिने तयारी गरेको छ । पटकपटक सभाध्यक्ष मण्डल र ज्येष्ठ सदस्य अनुपस्थित भए गठबन्धनबाटै अध्यक्षता गर्ने सांसदलाई समेत मत हाल्न लगाउने तयारी गरिएको छ । नेकपा (माओवादी) केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो भन्छन्, “संविधानले दिएको सबै सुविधा कोसी प्रदेशमा प्रयोग होला जस्तो देखिएको छ ।”

थापाले भदौ १४ भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिन नसके राजीनामा दिने र नेपालको संविधानको धारा १६८(२) अनुरूप फेरि मुख्यमन्त्री नियुक्त हुने विकल्प दोहोरिन सक्ने सांसदहरूको भनाइ छ । 

कोसी प्रदेशमा विश्वास लिन ४७ सांसदको मत आवश्यक पर्छ । गठबन्धनसँग त्यो संख्या पुग्छ । एमालेसँग ४० र राप्रपासँग ६ सांसद छन् । गठबन्धनका कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । 

उपसभामुख दनुवारले प्रदेश सभामा सोमबार बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक तोकेकी थिइन् । बैठकमा उनी आउने सम्भावना कम देखिएको र यस्तो अवस्थामा गठबन्धनकै ज्येष्ठ सस्यदले बैठक सञ्चालन गर्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।

सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएपछि सभा सञ्चालन गर्ने जिम्मा उपसभामुख सिर्जना दनुवारमाथि छ । उनले आफूले राजीनमा नदिने बताए पनि पार्टीको निर्देशन अनुसार बैठक सञ्चालन भने नगर्ने गठबन्धन दलका सांसदहरूको अड्कल छ । 

कोसी प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार अबेरसम्म कार्यव्यवस्था बैठकमा आफू अनुपस्थित हुने भनेर उपसभामुख दनुवारले औपचारिक जानकारी नदिएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement