site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साढे पाँच किलो अफिमसहित तीनजना पक्राउ
Sarbottam CementSarbottam Cement

पोखरा । पाँच किलो ७०० ग्राम अफिम लिएर पूर्वी रुकुमबाट पोखरा आउँदै गरेका ४१ वर्षीय दिपेश पुन शनिबार राति पक्राउ परेका छन् । पूर्वी रुकुमबाट पोखरा आउने क्रममा पुनले बागलुङ–पर्वत–कास्की रुट प्रयोग गरेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कास्कीको संयुक्ती टोलीले गएराति १० बजे पोखरा २५ हेम्जाबाट अफिमसहित पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–२ का पुनलाई पक्राउ गरेको हो ।

ब्युरोको टोली अफिम बेचबिखनका लागि पोखरा ल्याएको भन्ने सूचनाको आधारमा पोखरा आएको थियो । शनिबार राति फेला परेको अफिमको मात्रा पछिल्लो चार वर्षयतापछिको ठुलो परिमाण रहेको ब्युरो पोखरा शाखाका एक अधिकारीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार कास्की प्रहरीले पत्रकार सम्मेलन गरेर यसमा संलग्न तीनजनालाई पक्राउ गरिएको जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार दिपेशलाई पक्राउ गरेपछि उनले नै बिक्रेताको नाम खुलाएका थिए ।

पक्राउ पर्नेमा पुथाउत्तरगंगा गाउँपालिका–१ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका–५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुन रहेका छन् ।

Global Ime bank

विराज र तेजेन्द्र पोखरा–५ लेकसाइडमा थिए । दिपेशलाई हेम्जाबाट नियन्त्रणमा लिएपछि प्रहरीले विराज र तेजेन्द्रलाई पक्राउ गरेको हो ।

अफिमसहित प्रहरीले तीनवटा मोबाइल पनि पक्राउ गरेको छ । उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्युरो शाखा पोखराका अनुसार पक्राउ परेकाहरू यसअगाडि सोही मुद्दामा पक्राउ परेको भने देखिएको छैन । बिक्रीका लागि ल्याइएको अफिम पूर्वी रुकुममा नै उत्पादन भएको प्रारम्भिक बयानमा दिपेशले स्वीकार गरेका छन् । ब्युरोका अनुसार यसरी आउने अफिम विभिन्न माध्यम हुँदै भारत जाने गर्दछ ।

नेपालमा कच्चा पदार्थ मात्र उत्पादन हुन्छ भने हाल यसको बजारमूल्य प्रतिकेजी तीन लाख रहेको अधिकारीहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement