site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आसाममा चार करोडको प्रतिबन्धित औषधि बरामद

आसाम । आसाम प्रहरीले चार करोड भारतीय रुपैयाँभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद गरेको छ ।

आसाम–त्रिपुरा सीमामा रहेको आसामको करिमगन्ज जिल्लाको चुराइबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले चुराइबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । “लागुऔषधविरुद्धको हाम्रो अभियान जारी छ । हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ, त्यहाँबाट हामीले प्रतिबन्धित कफ सिरपका ६१ हजार बोतल बरामद गरेका छौँ,” पक्राउ परेकाविरुद्ध प्रारम्भिक कानुनी कारबाही थालिएको जानकारी दिँदै करिमगन्जका अतिरिक्त प्रहरी उपरीक्षक प्रताप दासले भनेका छन् ।

यसअघि पनि करिमगन्जमा  खोकीको प्रतिबन्धित सिरफका ३१ हजार बोतल जफत गरिएको थियो । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्