site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा नाबालक प्रयोग गरी सुनको सिक्री चोरी

विराटनगर । विराटनगरमा साप्ताहिक हाटमा सागसब्जी खरिद गर्दा सुनको गहना थुतेर चोरी गर्न लगाउने व्यक्तिबारे अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको छ ।

प्रहरीको अनुसन्धानबाट नाबालकहरू प्रयोग गराइ सुनको सिक्री चोरी गर्न लगाउने गरेको तथ्य खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार साउन १९ गते साँझ पौने ६ बजे विराटनगर महानगरपालिका–४ स्थित नोबेल नहर छेउमा लाग्ने शुक्रबारे हटियाका सागसब्जी किन्दै गर्दा सिक्री चोरी भएको थियो ।

विराटनगर–३ बस्ने खड्गमाया कार्कीले तरकारी किनिरहेको अवस्थामा दुई तोलाको सिक्री चोरी भएको थियो । यो घटनामा नाबालकहरू सांकेतिक नाम विराटनगर १६ र १७ लाई प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

सोही कसुरमा तत्काल पक्राउ परी प्रारम्भिक अनुसन्धानको क्रममा मोरङको विराटनगर महानगरपालिका–८ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–३ स्थितमा कोठा भाँडामा लिएर बस्ने वर्ष २८ को अंकित भन्ने हरकित साहले सांकेतिक नाम विराटनगर १६ र १७ लाई बोलाई चोरी गर्न लगाएको खुल्न आएको थियो ।

सिक्री चोरी गरी साहलाई दिएको खुलेपछि नबालाक प्रयोग गराएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिएका छन् ।

साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले साउन २० गते विराटनगर महानगरपालिका–११ बाट पक्राउ गरी चोरी/डाका कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यसैगरी साउन १२ गते विराटनगर महानगरपालिका–४ स्थित शुक्रबारे हटियामा विराटनगर महानगरपालिका–३ बस्ने राजु राईले तरकारी किन्ने क्रममा उनले लगाएको सुनको सिक्री चोरी गरेको यस्तै प्रकृतिको कसुरमा संलग्न रहेको जाहेरी प्राप्त भई थप अनुसन्धान कार्य समेत भई रहेको डीएसपी दाहालले बताए ।   

 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro