राजनीति
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा दुईजना मनोनीत गरेको छ ।
ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समितिमा थप गरिएको कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
गौतम कोसी प्रदेशको सभामुखबाट राजीनामा दिएर अहिले मन्त्री बनेका छन् । साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पु¥याउन २२ जना थप गरेको थियो ।
दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको ढकालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १५:३४
प्रतिक्रिया दिनुहोस्