site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा भूकम्प गयो
Argakhachi Cement Island Ad

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसूस गरिएको छ । बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

यसअघि गत साउन ३ गते कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्