site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनतासँग पानी र माछाको जस्तो सम्बन्ध थियो, बीचमा अल्मलियौं : प्रचण्ड
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतासँगको सम्बन्धलाई फेरि ट्रयाकमा ल्याउने संकल्पसहित अघि बढिएको बताएका छन् ।

बिहीबार रामेछापमा आयोजित २०औँ दोरम्बा हत्याकाण्ड दिवस कार्यक्रममा उनले पहिले माओवादीसँग जनताको सबन्ध पानी र माछाको जस्तो भएको र बीचमा अल्मलिएको बताए ।

KFC Island Ad
NIC Asia

“माओवादीसँग जनताको हिजो पानी र माछाको जस्तो सम्बन्ध थियो । नङ र मासुको जस्तो सम्बन्ध थियो । जनताको छोराछोरीको रूपमा माओवादीले जनताको रूपमा साथ दिने गरेको थियो ,” उनले भने, “बीचमा अल्मलिएको कुरालाई फेरि एक पटक ट्याकमा, सहि बाटोमा ल्याउने संकल्प गरेर आएका छौँ ।”

आत्मआलोचना गर्दै फेरिने संकल्पसहित तीन महिने अभियानमा शुभेच्छुक र विरोधीको घरमा पनि जाने उनको भनाइ छ । अर्को तीन महिनामा जीवन्त पार्टीको रूपमा आउने बताए । एक ढिक्का भएर जाँदा आगामी निर्वाचनमा ०६४ को भन्दा ठूलो पार्टी बन्न सक्ने समेत बताए ।

Royal Enfield Island Ad

“यही प्रक्रियाले गयौं भने अर्को निर्वाचनसम्म पुग्दा ०६४ मा जहाँ थियो । त्यहाँभन्दा माथि जान सकिन्छ,” प्रचण्डको भनाइ छ ।

उनले सरकारले बेथिति विरुद्धको अभियान चलाइएको बताए । गठबन्धनमा समस्या नरहेको जिकिर गरे ।

“गठबन्धनमा राम्रो सहमति छ । कहिलेकाहीँ केही मानिसहरू जसलाई सुशासन, समाजिक न्याय र समृद्धिको मन परेको छैन । उनीहरूले विभिन्न खालका भ्रम छर्ने कोशिष गरेका छन् ,” उनले भने, “गठबन्धन एक ढिक्का छ । भाम्रक प्रचारको पछि नलाग्न आग्रह गर्दछु ।”

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro