site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी २१ जिल्ला भएर बहने नदी तथा खोलामा बाढीको जोखिम
फाइल तस्बिर

काठमाडौं । देशका २१ जिल्ला भएर बहने नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । मध्यमदेखी भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक भएर बहने नदी तथा खोलामा आज बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

गोरखा, कास्की, लमजुङ, पर्वत, म्याग्दी, दैलेख, सुर्खेत, बझाङ, बाजुरा, डोटी र आसपास भई बहने केही स–साना नदीमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ ।

आज कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा केही तल रहेको छ । 

आगामी तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । महाशाखाका अनुसार आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून जोखिम छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro