site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महराको दाबी– 'फलफूल व्यापारी'को आग्रहमा भन्सारमा फोन गरेको हुँ, सुनबारे थाहा छैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दोहोर्‍याएका छन् । तर, सुन तस्करीमा संलग्न रहेको आरोप लागेका चिनियाँ नागरिक वाङसँग भने आफ्नो पुरानै सम्बन्ध रहेको उनको स्वीकारोक्ति छ । 

"वाङ भन्ने एकजना चिनियाँ मान्छे १०–१५ वर्षदेखि नेपालमै बस्छन् । उनी नेपाली पनि बोल्छन् । उनीसँग मेरो चिनजान करि १०–१२ वर्षदेखि भएको हो । उनी दाङ पनि आएका छन् । रोल्पासहित विभिन्न ठाउँमा हिँडेका पनि छन्," मंगलबार दाङमा सञ्चारकर्मीसँग उनले भने । 

उनले आफूले वाङलाई सुन व्यापारीका रूपमा नभएर फलफूल व्यापारीका रूपमा चिनेको समेत दाबी गरेका छन् । साथै महराले वाङसँग आफ्नो टेलिफोन सम्पर्क नभएको बरु भेटेरे कुराकानी भएको बताएका छन् ।  

"उनी फलफूल व्यापारी हुन् । मसँग टेलिफोन वार्ता पनि भएको होइन, मसँग भेटेर उनले सुनको कुरै गरेनन्," उनले भने ।

महराका अनुसार चिनियाँ व्यापारी वाङले उनीसँग भन्सारमा रोकिएको विद्युतीय चुरोट छुटाउन सहयोग मागेका थिए । तर, आफूलाई वाङले सुनबारे कुनै जानकारी नदिएको महराको दाबी छ । महराले आफूले भन्सारमा कर्मचारीलाई कानुनीरूपमा भित्रिएको सामान भए छाडिदिन आग्रह गरेको पनि बताएका छन् ।

"सुनको 'स' पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट (भेप)को सामान आएको छ, भन्सारमा भने । मैले इलिगल (गैरकानुनी) सामान होला भनेँ । उनले होइन भनेँ । त्यसपछि मैले भन्सारका साथीहरूसँग कुराकानी गरेर यो रोक्नुपर्ने हो भने रोक्नुहोस्, छोड्नुपर्ने हो भने छोडिदिनुहोस्, लिलाम गर्नुपर्ने हो भने लिलाम गर्नुहोस्, जे गर्नुपर्ने हो कानुनअनुसार गर्नू भनेँ । मैले यति हो भनेको छ," महराले भने ।

सुन तस्करी प्रकरणमा महरा र उनका छोरा राहुलको नाम जोडिएको छ । उनीहरूलाई छानबिनको दायरमा ल्याउनुपर्ने माग उठिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro