site stats
बाह्रखरी :: Baahrakhari
देश
जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

जुम्ला । चट्याङ लागेर जुम्लामा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो ४ बजेतिर चट्याङ लागेर तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएकी थिइन् । पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको जनाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्