site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महराबारे गृहमन्त्रीको जवाफ– फोनकै आधारमा दोषी करार गर्न मिल्दैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर कृष्णबहादुर महरालाई दोषी करार गर्न नसकिने बताएका छन् । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले सुन तस्करीमा महरा र उनका छोरा राहुलको पनि नाम मुछिएकोबारे जिज्ञासा राखेका थिए ।

जवाफमा उनले फोनलाई मात्रै आधार मानेर दोषी करार नमिल्ने बताएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । तर, बाँकी अनुसन्धान जारी रहेको श्रेष्ठले बताएका छन् । 

"पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ," पाण्डेले भने । 

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro