site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

गठबन्धनले उच्चस्तरीय आयोग बनाए अहिले भइरहेको अनुसन्धानमा अवरोध पुग्ने निष्कर्ष निकालेको छ ।

पाण्डेका अनुसार बैठकमा सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर महरालाई दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको बताएका छन् ।

बैठकमा गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टीले गठबन्धनबाट आफूलाई निसाना बनाउने काम भए गठबन्धन छोड्ने चेतावनी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro