site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन काण्डमा सीआईबीकै पक्षमा कांग्रेस ! भन्यो– संलग्न कसैलाई नछोड्नू
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेपाली कांग्रेस सुन तस्करी प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नै अनुसन्धान गर्नुपर्ने पक्षमा उभिएको छ । 

आज सकिएको संसदीय दलको बैठकले सुन तस्करी प्रकरणजस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानबिन र अभियोजन गर्ने प्रयोजनका लागि गठित भएको केन्द्रीय अनुसन्धान ब्युरोसहितका सरकारी निकायहरूले अनुसन्धान गरिरहेको बताएको छ ।

Dabur Nepal
NIC Asia

त्यसको अर्थ कांग्रेस सुन काण्डबारे उच्चस्तरी छानबिन समिति बनाउनुपर्ने पक्षमा छैन । जबकि कांग्रेसका केही नेताहरूले छानबिन संयन्त्रमा जोड दिइरहेका थिए । शेखर कोइराला, प्रदीप पौडेल, सुनील शर्मासहितका नेताहरूले छानबिन समिति बनाउनुपर्ने बताएका थिए ।

सरकारी अधिकारीहरूकै संलग्नता रहेको देखिएकाले सीआईबीले छानबिन गर्न नसक्ने उनीहरूको तर्क थियो । तर, संसदीय दलको बैठकले छानबिनका लागि सीआईबीसहितका सरकारी संयन्त्र नै सक्षम रहेको सन्देश दिएको छ ।

कांग्रेसले घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइमा पुगेर छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन आग्रह पनि गरेको छ ।

"...यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानविनको दायरा भित्र ल्याई कानुनी कारबाही गर्नु पर्दछ । यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानबिन र अभियोजन गर्ने प्रयोजनका लागिनै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरो लगायत सरकारी निकायहरूले छानबिन अनुसन्धान गरी रहेको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जो सुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ," कांग्रेसले भनेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro