देश
काठमाडौं । राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको ‘क्विन्टल सुन’ को आज तौल लिने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागका टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार अहिले प्रतिनिधिहरू पनि उपस्थिति भइसकेका छन् ।
उनका अनुसार सुन गाल्न नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको प्रतिनिधि, राजस्व अनुसन्धान विभागका प्रतिनिधि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महाशाखाका प्रतिनिधि रहने छन् । अब आधा घण्टापछि गाल्ने आचार्यले बताए । विभागले बरामद गरेको सुन टक्सार महाशाखामा सिल गरेर राखेको छ । आठवटा काटुनमा रहेको ‘ब्रेक सु’ सहितको सुनको तौल १५५ केजी रहेको छ ।
*हेडलाइन परिवर्तन गरिएको ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्