site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा बैठक सञ्चालनका विषयमा मुख्यमन्त्री र उपसभामुखबीच छलफल

विराटनगर । कोसी प्रदेशसभाको बैठक सञ्चालन गर्ने विषयमा मुख्यमन्त्री उद्धव थापा र उपसभामुख सिर्जना दनुवारबीच आइतबार छलफल भएको छ । जारी अधिवेशनको बैठक सञ्चालन गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा थापाले यही साउन ३२ वा भदौ १ गते बैठक सञ्चालन गर्नेबारे उपसभामुखसँग सुझाव मागेका थिए ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि असार १५ गते बैठक बसेको थियो । कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नेकपा (एमाले) नेतृत्वसको सरकार ढलेको थियो । त्यसपछि सूचना टाँस गरी प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

कार्कीले विश्वासको मत नपाएपछि सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित सरकार गठनमा बहुमत पुर्‍याएको विषय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले प्रक्रिया बदर गरिदिएको थियो । साउन १६ गते गौतमले सभामुख पदबाट राजीनामा दिएसँगै गठबन्धनबाट बहुमत पुर्‍याई पुनः नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भए ।

अध्यादेशमार्फत पूर्ववर्ती एमाले नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने र मुख्यमन्त्री थापाले विश्वासको मत लिन सभाको बैठक सञ्चालन हुने कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । यस विषयमा गठबन्धनका दलहरूबीच पनि छलफल भएको राईले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro