देश
काठमाडौं । पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डको अवरोध हटेको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४, ऐनापहरामा ठूला ढुंगा खस्दा सडक अवरोध भएको थियो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवम् सडक डिभिजन कार्यालयको सहकार्यमा अवरोध हटाइएको हो ।
अविरल वर्षाले गर्दा शनिबार साँझ ६ः३० बजेको पहिरो खस्न जाँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो । साँझ नै एकतर्फी सञ्चालन गरिएकोमा हाल दुईतर्फी नै सञ्चालन भएको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १४:०१
प्रतिक्रिया दिनुहोस्