site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोको जोखिम कायमै, अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा वर्षा भइरहेको छ । पहिरोको जोखिम पनि कायमै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले सो सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् । कार्यालयले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।

Argakhachi Cement Island Ad

"मुग्लिन-नारायणगढ सडक : यातायात संचालनमा रहेको जानकारी गराउँछौं । वर्षा भइरहेको छ पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ,"  कार्यालयले आइतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

पहिरो खसेर सडकखण्ड अवरुद्ध हुँदै आइरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्