site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र अस्ट्रेलिया भिड्ने 

काठमाडौं । फिफा महिला विश्वकपको फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र अस्ट्रेलिया भिड्ने भएका छन् ।

शनिबार भएको क्वार्टरफाइनलमा इंग्ल्यान्डले कोलम्बियालाई २–१ ले हराउँदै अन्तिम–४ मा स्थान बनायो । त्योसँगै फाइनल प्रवेशका लागि घरेलु टिम अस्ट्रेलियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

इंग्ल्यान्डको जितमा लौरेन हेम्प र एलेसिया रुसोले समान एक गोल गरे । कोलम्बियाकी लेइसी सान्टोसले गोल फर्काए पनि टिमको हार टार्न सकिनन् ।

खेलमा कोलम्बियाले सुरुआती बनाएको थियो । ४४औँ मिनेटमा सान्टोसले गरेको गोलबाट कोलम्बियाले अग्रता लिएको थियो । तर, यो लामो समय टिक्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काएकी थिइन् । ६३औँ मिनेटमा रुसोले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएकी थिइन् ।

इंग्ल्यान्डले आउँदो बुधबार फाइनल प्रवेशका लागि अस्ट्रेलियासँग खेल्नेछ । 

अस्ट्रेलियाले पनि शनिबारै भएको क्वार्टरफाइनलमा फ्रान्सलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । अस्ट्रेलियाले फ्रान्सलाई ‘सडन डेथ’मा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो ।

योसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबारै हुने अर्को सेमिफाइनलमा स्पेनले स्वीडेनसित प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro