site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यून गुणस्तरको पाइएपछि क्युरेक्स फर्माको एन्टिबायोटिक बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित एक एन्टिबायोटिक औषधिलाई बिक्री वितरणमा रोक लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।

बालबालिकामा प्रयोग हुने ‘इन्क्लेभ बिड’ नामक एन्टिबायोटिक सिरपको ब्याच नम्बर डीईबी १६८ मा खराबी देखिएको हो । सो औषधि बिक्री वितरण नगर्न र बजारमा भएको तत्काल फिर्ता गरी सोको विवरण बुझाउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।

साथै, सो ब्याचको औषधि सिफारिस र प्रयोग नगर्न पनि विभागको सबैमा अनुरोध छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro