site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तिम दुई मिनेट सम्हालिन नसक्दा दिल्ली एफसीसँग रोकियो त्रिभुवन आर्मी
Sarbottam CementSarbottam Cement

काठमाडौं । खेलको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा भारतमा जारी दुरान्द कपको आफ्नो पहिलो खेलमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतको दिल्ली एफसीविरुद्ध १–१ को बराबरीमा रोकिएको छ ।

बुधबार भारतको कोलकातास्थित साई रंगशालामा सम्पन्न खेलमा १–० को अग्रता जोगाउन नसक्दा आर्मीले दिल्लीसँग अंक बाँडेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दिनेशले ४१औँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । नवयुगले गरेको प्रहार दिल्लीका गोलकिपर पवन कुमारले नियन्त्रणमा लिन सकेका थिएनन् । गोलकिपरबाट डिफ्लेक्ट भएको बलमा कमल थापाले ६ यार्ड बक्सभित्रबाट क्रस गरे बललाई दिनेशले जालीको दिशा दिएका हुन् ।

तर, खेलको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आर्मी अंक बाढ्न बाध्य बन्यो । ८८औँ मिनेटमा गिरिक महेश खोस्लाले गोल गर्दै दिल्लीको हार टारेका थिए ।

Global Ime bank

बराबरीसँगै दुई खेलबाट दुई अंक जोडेको दिल्ली समूह ‘ई’को शीर्ष स्थानमा उक्लिएको छ । एक खेलबाट एक अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा छ । यो समूहमा आर्मी र दिल्लीसँगै चेन्नाइन एफसी र हैदराबाद एफसी छन् । 

आर्मीले अब साउन २९ गते भारतीय सुपर लिगको क्लब चेन्नाइन एफसीविरुद्ध र भदौ ५ गते हैदराबाद एफसीविरुद्ध खेल्ने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय