site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
यशकुमारको ‘सुस्तरी’ हेरेपछि ओलीको प्रतिक्रिया– सुस्तरी होइन, एकैपटक मन छोयो
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गायक यशकुमारको ‘सुस्तरी’ म्युजिक भिडियोले मन छाएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओलीले म्युजिक भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै सुस्तरीले एकैपटक मन छाएको प्रतिक्रिया दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कलाकार यशकुमारको ‘सुस्तरी’ले सुस्तरी होइन, एकैपटक मन छोयो । नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरीबीचको रोचक प्रेमकथा हिजो बेलुका युट्युबमा हेरेको, लिंक सेयर गरेको छु, हेर्नुस् है !”

मंगलबार सार्वजनिक गरिएको गीतमा यशकुमार र अनु चौधरीको स्वर छ । शब्द, संगीत गायक यशकुमारकै हो ।

Global Ime bank

भिडियोमा यशकुमार, अनु थापा, राजेश घतानी, पञ्ची तामाङ र अनिता लामा फिचर्ड छन् । यशकुमारको कथामा निर्माण भएको भिडियोलाई विकाश धमलाले सम्पादन र निकाश खड्काले निर्देशन गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement