site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बोल्न नपाएको उपसभामुखको गुनासो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै उनले प्रश्न गरिन् । उनले आफू जनजातिको छोरी भएका कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सांसदले बोल्न नपाएको उनको भनाइ छ ।

“संविधान देशको लागि, जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ, आज प्रतिनिधिसभामा हेर्नुहोस् त कतिजना महिलाहरू बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद् खुल्यो । अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ ? नियममा कहाँ लेखेको छ उप चुप भनेर ? संसद्मा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो कि ? यो मेरो प्रश्न छ,” उनले भनिन्, “सुशासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो कि कुशासन हो ? बुझ्न सकेको छैन । कि मैले नबुझेको हो कि बालक हो कि म ! कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ । रातारात अर्गनाइजेसन खोलिन्छ । अनि, कहाँ सुशासन छ ? अनि, कसरी युवाहरू पलायन हुँदैनन् ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement