site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टेलिकमको हराएका रिचार्ज कार्डबाट पैसा नआउने, ग्राहक ठगिन सक्ने खतरा

काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट भैरहवा पठाउने क्रममा करिब २० हजारथान रिचार्ज कार्ड हराएको छ । करिब दुई साताअघि ढुवानी कम्पनीमार्फत पठाइएका ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।

तर, यी रिचार्ज कार्ड टेलिकमको सिस्टममा इन्ट्री नभइसकेका कारण रिचार्ज गरेमा पैसा नजाने टेलिकमले जनाएको छ ।

हराएका रिचार्ज कार्डबाट ग्राहक ठगिन सक्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आशंका व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

टेलिकमको वायरलेस सेवा निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएका हुन् ।

यी रिचार्ज कार्डहरू क्यास कार्ड हुनका लागि अथवा यो रिचार्ज गर्दा फोनमा पैसा जान पहिले टेलिकमको सिस्टममा इन्ट्री हुनुपर्ने प्रवक्ता अधिकारीले बताए ।

“क्यास कार्ड नभइसकेका कारण यी रिचार्ज कार्डबाट टपअप हुँदैन, अथवा फोनमा पैसा जाँदैन । त्यसैले भेट्टाउने कसैले खरिद–बिक्री गरेमा ग्राहकहरू ठगिन सक्छन्,” प्रवक्ता अधिकारीले बाह्रखरीसित भने ।

ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद गर्न नहुने उनले बताए ।

सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद–बिक्री नगर्न निर्देशनालयले ग्राहक तथा वितरकलाई आग्रह गरेको छ ।

यी सिरियल नम्बर भएका रिचार्ज कार्ड कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाउन पनि निर्देशनालयले आग्रह गरेको छ ।

adg1691559362.JPG

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro