राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवक्ताको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिएको छ । केन्द्रीय कमिटीले नेताहरूको कार्यविभाजन हेरफेर गर्दा प्रवक्ता फेरिएका हुन् ।
यसअघि प्रवक्तामा उपाध्यक्ष कृष्णबहादुर महरा थिए । अहिले उपाध्यक्ष सापकोटाले पाएका हुन् । सापकोटा पूर्वसभामुख समेत हुन् ।
यसैबीच, उनले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० ०८:५८
प्रतिक्रिया दिनुहोस्