site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

बाढी, पहिरो र व्याधिका कारण पचासौं जनाले ज्यान गुमाइसकेका छन् । सडकहरू बन्द छन् । यस प्रकारको मानवीय विपत्तिका बारेमा भने  सांसदले चर्चा गर्ने मौकासमेत पाएका छैनन् । संसद्को बैठक सुन तस्करीको जाँचका निहुँमा अवरुद्ध पारिएको छ । 

जनताका समस्यामा छलफल गर्नुपर्ने संसद्लाई बन्धक भने विपक्षी दलले बन्धक बनाएको हो । संसद्को दोस्रो ठूलो नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले धेरै दिनदेखि संसद्को बैठक चल्न दिएको छैन । सत्तामा भए भङ्ग गर्ने विपक्षमा पुगे चल्नै नदिने कस्तो रोग लाग्यो यो एमालेलाई?

क्विन्टल सुन तस्करीमा सरकारले कारबाही थाल्नेबित्तिकै एमालेले अवरोध गरेकाले त्यस विषयमा स‌ांसदले खुलेर बहस गर्नसमेत पाएका छैनन् । संसद्मा अरू अत्यावश्यक मानवीय संवेदनाका विषय उठाउने मौका त जनप्रतिनिधिले यसै नपाउने भइहाले !

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागसमेत सुन तस्करीको छानबिनमा लागिरहेका बेला  उच्चस्तरीय समिति चाहिने हठ गरेर एमालेले संसद्का बैठक सञ्लचान गर्न दिएको छैन । सुन तस्करीकाे अनुसन्धान रोक्न उच्चस्तरीय समितिको माग गरिएको  होइन भन्ने शङ्का उब्जेको छ । कि मध्यावधि चुनाव गराउने एमाले अध्यक्ष खड्गप्रसाद ओलीको अवचेतनामा बसेकोअतृप्त चाहना त यसरी प्रकट भएको होइन ?    

एकैछिन चल्न दिइएको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीले मंगलबार नेपाल प्रहरीलाई केही समय छानबिन गर्न दिँदा टुंगो लागेन भने समिति बनाउन पनि सरकार तयार रहेकाे जानकारी दिएका थिए । तैपनि, त्यसले एमालेको चित्त बुझेन । 

आजित भएरै त होला एमालेलाई सधैँ साथ दिने विपक्षमा रहेका अरू दलका सांसदले पनि संसद्लाई बन्धक बनाउने कृत्यको खुलेरै  विरोध  गरेका छन् । सत्ता गठबन्धन परिवर्तन हुनेबित्तिकै एमालेकै पछि लागेका दलहरूसमेत संसद्लाई बन्धक बनाउने अभ्यासमा असहमत देखिए । 

संसद् चल्न नदिएर सरकारलाई अप्ठेरो पर्दैन । जनताका समस्यामा संसद् अवरुद्ध गरेको भए जनसमर्थन हुन्थ्यो । तर, सुन तस्करीमा एमालेको अवरोधले जनमानसमा उल्टै वितृष्णा जन्माएको देखिएको छ । सुन तस्करीका विषयमा यसरी हप्तौं संसद् अवरोध गर्नु आत्मघाती मूर्खता ठहरिने निश्चित छ ।

यसैले एमालेका नेताहरूले विवेक र हिम्मत देखाएर अध्यक्ष ओलीलाई ‘दुर्योधन हठ’ त्याग गर्न दबाब दिनु देश र एमालेकै हितमा हुनेछ । संसद् चल्न दिएरमात्र सरकारलाई उत्तरदायी र जनमुखी बनाउन सकिन्छ भन्ने एमाले सांसद्ले आत्मसात गर्नुपर्छ । नेतृत्वकोयस्तो हठले पार्टीमात्कोर होइन राष्ट्रकै कुभलो  भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro